६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


खुल्यो तातोपानी र रसुवागढी नाकाः ८ कन्टेनर सामान आउँदा निर्यात ठप्प


0
Shares

सिन्धुपाल्चोक । चिनियाँ ल्होसारका कारण बन्द भएको तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएको छ ।

नाका सञ्चालनमा आएसँगै चीनबाट दैनिक सात–आठ कन्टेनर सामग्री आयात भएको भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि तयारी पोशाक भित्रने गरेका छन् ।

रसुवागढी नाकाबाट उल्लेख्य मात्रामा जलविद्युत लागि आवश्यक सामग्री आएको भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । केही दिनयता उल्लेख्य रूपमा आयात भए पनि साविकमा जस्तो सहज आयात हुन नसकेको उहाँको भनाइ छ ।

नाकामा कार्यरत सबै कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाए पनि चिनियाँ पक्षको अवरोधका कारण आयातमा सहज नभएको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो । तातोपानी नाकाबाट पछिल्लो समय रासायनिक मल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

रसुवागढी र तातोपानी नाकाबाट न्यून मात्रामा आयात हुँदै आए पनि निर्यात भने ठप्प छ ।