
काठमाडौं, असोज २ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले सरकार अधिनायकवादी बाटोमा गइरहेको आरोप लगाएका छन् ।
स्व. गणेशमान सिंहको २२औं स्मृति दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा जोशीले जनता अहिले नीति र संस्थागत भ्रष्टाचारबाट आक्रान्त बनिरहेको बताए ।
‘वाइडबडी’कान्ड, सुन तस्करी, चिनी आयात निर्यात प्रकरणलगायतका कान्डहरु भ्रष्टाचारका पराकाष्ठ भएको उनको भनाइ थियो ।
‘भ्रष्टाचारबाट फोहोरी’
कार्यक्रममा राजनीतिक विश्लेषक कृष्ण खनालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मात्र नभइ नेपाली कांग्रेस पनि भ्रष्टाचारबाट फोहोरी भइसकेको बताए ।
अहिले विकृति ल्याउने ऐन, कानुनहरु बनाउँदा सरकारमा को थियो ? भन्ने कुरा स्मरण गर्न आग्रह गर्दै उनले सत्तामा बसेर ऐन, कानुन बनाउँदा विपक्षमा पुग्दा कस्तो हुन्छ ? भन्ने ख्याल गर्न आग्रह गरे ।
कार्यक्रमका अरु वक्ताहरुले कांग्रेसले यतिबेला अरुको दोष केलाउनेभन्दा पनि आफूभित्रको कमजोरी सुधारेर अघि जाने विषयमा सोच्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्