२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


प्रधानमन्त्रीका लागि नयाँ सरकारी निवास बन्दै, प्रधानमन्त्रीले गरे शिलान्यास


0
Shares

काठमाडौं, असोज २ । प्रधानमन्त्रीका लागि नयाँ सरकारी निवास बन्ने भएको छ ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भवन शिलान्यास गरेका हुन् । हाल प्रधानमन्त्री निवास रहेकै परिसरमा नयाँ भवन बन्न लागेको हो ।

आगामी आवश्यकतालाई ध्यानमा राखेर आधुनिक, प्रविधिसम्पन्न भवन निर्माण गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्रीको नयाँ सरकारी निवास दुई खण्डमा रहने जनाइएको छ । एउटा खण्ड प्रधानमन्त्रीको नितान्त पारिवारिक प्रयोगमा आउने छ भने अर्को खण्डमा भेटघाट, मन्त्रिपरिषद बैठकसमेत आयोजना हुन सक्ने गरी आधुनिक कक्ष निर्माण गरी सार्वजनिक कार्यक्रममा प्रयोग हुने जनाइएको छ । 

प्रधानमन्त्री ओलीले बुधबार सिंहदरवार परिसरमा बन्ने संसद भवन शिलान्यास गरेका थिए ।

सरकारले मन्त्रीहरुका लागि समेत नयाँ आवास भवन निर्माण गर्ने योजना बनाएको छ ।