१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अरुण नदीमा बेपत्ता भएका ६ जना खोज्न मौसम बाधक


0
Shares

संखुवासभा । संखुवासभाको अरुण नदीमा जीप दुर्घटना परी बेपत्ता ६ जनाको खोजीमा मौसम खरावीको कारण समस्या भएको छ ।

दुई दिनदेखि लगातार पानी परिरहेकाले खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।

वेपत्ताको खोजिमा हेलिकप्टरबाट गोताखोर ल्याउने प्रयत्न गरिएपनि मौसम खराबीको कारण ल्याउन नसकिएको र आज मौसम खुलेको खण्डमा गोताखोर ल्याउने तयारी गरिएको प्रहरी नायव उपरिक्षक मिमबहादुर लामाले बताए ।

उनले अरुण नदीमा पानीको बहाब बढेको र भीरबाट माटो ढुङगा झरिरहेकाले खोजी कार्य समस्या भएको बताए ।

जिप दुर्घटनामा बेपत्ता हुनेमा खाँदवारी ९ ढुङगेविसौनाका २४ वर्षिय संगम श्रेष्ठ, उनकी श्रीमती २२ बर्षिय सदीक्षा श्रेष्ठ, छोरा २ महिनाका समिर श्रेष्ठ, खाँदवारी ९ ग्रैह्रिगाउँका प्रमिस थापामगर, उनका भिनाजु खोटाङ घर भएका खवरमान मगर र जीपका चालक २६ बर्षिय सन्तोस बिक छन् ।

उनी विरामी बालक समिरको खाँदवारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानको घोपा क्याम्प तर्फ जाने क्रममा दुर्घटनामा परेका थिए ।

अर्का मृगौलाका विरामी प्रमिसलाई लिएर उनका भिनाजु खवरमान मगर एउटै गाडी रिजर्भ गरी गएका थिए ।

संखुवासभाको खाँदवारीबाट धरान जाँदै गरेको को १ ज ३७४९ नम्बरको बुलेरो गाडी अक्करको भीरबाट मंगलबार राति करिव ११ बजे अरुण नदीमा खसेको थियो ।