१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सिन्धुलीमा बस दुर्घटना, २३ यात्री घाइते


0
Shares

सिन्धुली, असोज १ । सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ गइरहेको यात्रीवहाक बस बुधबार बीपी राजमार्गमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

बा३ख ९६८४ नम्बरको बस बीपी राजमार्गस्थित सुनकोसी गाउँपालिका–७, मझुवा, कानढुङ्ग्रीमा सडकबाट १० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो ।

घाइतेहरुको खुर्कोटस्थित अस्पतालमा उपचार गरी थप उपचारका लागि धुलिखेल पठाइएको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पानी परेको सडकमा विपरीत दिशाबाट आएको सवारी–साधनलाई ‘साइड’ दिन खोज्दा बस सडकबाट सुनकोसी नदीमा खसेको प्रहरीले जनाएको छ ।