२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


विश्वकर्मा पूजाको विशेष महत्व


0
Shares

काठमाडौं, असोज १ । नेपालमा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा भगवान्को पूजा गर्ने गरिन्छ ।

हरेक वर्षझैं यसपटक पनि सवारी–साधन, कलकारखाना तथा औजारको पूजा गरेर यो पर्व मनाइएको छ ।

ऋग्वेदअनुसार भगवान् विश्वकर्मा सम्पूर्ण ब्रह्मान्डका वास्तुकार तथा सबै देवताहरुका आधिकारिक निर्मातासमेत हुन् ।

महाभारतमा उनलाई कलाका स्वामी, उत्तम शिल्पकार तथा सर्वश्रेष्ठ कालिगढ भनेर वर्णन गरिएको छ ।

पौराणिक कथनअनुसार उनलाई सृष्टिका रचयिता भगवान् ब्रह्माका सातौं धर्मपुत्रकोरुपमा पनि चिनिन्छ ।

हिन्दु समाजमा विश्वकर्मा पूजाको विशेष महत्व रहेको छ ।

मानिसलाई सम्पूर्ण शिल्प ज्ञान भगवान् विश्वकर्माबाटै प्राप्त भएको मानिन्छ ।

सम्पूर्ण विधि पुर्‍याएर भगवान् विश्वकर्माको पूजा गर्दा व्यापारमा सधैं फलिफाप हुने मान्यता रहेको विश्वकर्मा पूजा समितिका कोषाध्यक्ष कपिलदेव ठाकुरको भनाइ छ ।

नेपालको तराई क्षेत्रमा विश्वकर्मा पूजालाई विशेष पर्वकोरुपमा मनाउने गरिन्छ ।