
काठमाडौं, असोज १ । ‘गर्ल्स नट ब्राइड’ नेपालमा आवद्ध संस्थाहरुले आगामी सेप्टेम्बरमा हुन गइरहेको संयुक्त राष्ट्रसंघको शिखर सम्मेलन २०१९ मा बालविवाहको विषयलाई उठान गर्न सरकारलाई सुझाव दिएका छन् ।
सरकारका साथै विभिन्न गैरसरकारी संघ–संस्थाहरुले बालविवाहविरुद्ध अभियान सन्चालन गरिरहे पनि बालविवाहका घटनामा उल्लेख्य कमी आउन नसकेको भन्दै गर्ल्स नट ब्राइडले यो विषयलाई शिखर सम्मेलनमा उठाउन बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत् आग्रह गरेको छ ।
सो शिखर सम्मेलन दिगो विकासका लक्ष्यहरु पूरा गर्न बाँकी ११ वर्षका लागि आवश्यक कार्ययोजना बनाइ दिगो विकासका लक्ष्यहरु अघि बढाउनकेन्द्रित छ ।
बालविवाहलाई सम्बोधन नगर्ने हो भने कम उमेरको विवाह, जबर्जस्ती विवाह र महिलाको योनी छेदनजस्ता दिगो विकासका लक्ष्य पूरा नहुने ठहर गल्र्स नट ब्राइड नेपालमा आवद्ध संस्थाहरुको रहेको छ ।
नेपालले अन्तर्राष्ट्रियस्तरमैै सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरी बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ अनुमोदन गरिसकेको छ ।
नेपालको प्रचलित कानुनले बालविवाहलाई दन्डित गर्नुका साथै विवाहयोग्य उमेर २० वर्ष तोकेको छ । तर पनि नेपाल दक्षिण एसियामा बालविवाह गर्ने मुलुकमध्ये बंगलादेशपछि दोस्रो स्थानमा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्