शिवगंगाको बाढीले घर डुबायो, ६ परिवार विस्थापित • Image Khabar Image Khabar


शिवगंगाको बाढीले घर डुबायो, ६ परिवार विस्थापित


Imagekhabar
१ आश्विन २०७६, बुधबार १५:३२

शिवगंगाको बाढीले घर डुबायो, ६ परिवार विस्थापित

बिराज रोस्यारा (इमेज)

कैलाली, असोज १ । कैलालीमा मंगलबार रातिदेखिको अविरल वर्षाका कारण केही स्थान डुबानमा परेका छन् ।

विभिन्न नदीमा बाढी आएर गौरीगंगा र भजनी नगरपालिकाका केही ठाउँमा डुबान भएको हो ।

शिवगंगा नदीमा आएको बाढीले घर डुबाएपछि बुधबार गौरीगंगा नगरपालिका वडा नम्बर–३, कुचैनीका ६ घरपरिवार विस्थापित भएका छन् ।

यस्तै, भजनी नगरपालिकाका वडा नम्बर–२, ३, ५, ७ र ८ मा पनि केही घरमा पानी पसेको छ ।

भजनी–७ स्थित पृथ्वीपुर शिविरको १० घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

भजनीमा काँढा, कान्द्रा नदीको बाढीले डुबान भएको जनाइएको थियो । नदीमा बाढी घटिरहेको स्थानीयले जानकारी दिएका छन् ।

शिवगंगाको बाढीले घर डुबायो, ६ परिवार विस्थापित

प्रतिक्रिया दिनुहोस्