Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


पूजापाठ गर्दै प्रधानमन्त्री ओलीले गरे संसद् भवनको शिलान्यास


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद् भवनको शिलान्यास गरेका छन् ।

बुधबार विहान पूजापाठसहित प्रधानमन्त्री ओलीले उक्त भवन निर्माणको शिलान्यास गरेका छन् ।

भवन निर्माणको काम तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

भवन निर्माणका लागि ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

भवन निर्माणका लागि टुण्डी सेक ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले जिम्मा लिएको छ ।

शिलान्यास समारोहमा सभामुख  कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।