१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


इटाहा सामुदायिक विपद् व्यवस्थापन समिति देशकै नमूना


0
Shares

कन्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ तिलकपट्टीस्थित इटाहा सामुदायिक विपद् व्यवस्थापन समिति देशकै नमूना बनेको छ ।

२०६८ सालमा स्थापना भएको समितिले विपद् व्यस्थापनमा उल्लेख्य काम गरेपछि देशभरकै नमूना बनेको हो ।

समितिमा काम गर्न सरकारी तथा गैरसरकारी संघसंस्थाका स्वदेशी तथा विदेशीसमेत आउने गरेका छन् ।

समितिले विपद् व्यवस्थापनका क्षेत्रमा गरेका काम हेर्न ७६ वटै जिल्लाका र अन्य ९ देशबाट आउने गरेको इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष मंगल चौधरीले बताए ।

उनका अनुसार बंगलादेश, थाइल्याण्ड, अमेरिकालगायतका देशबाट समितिले गरेका कामको सिको गर्न र सिकाउन आउने गरेका छन् ।

बगर खेती र अन्य स्रोतबाट वार्षिक डेढ लाख बढी आम्दानी गरिरहेको समितिले संकलित रकमबाट कोष स्थापना गरी समुदायलाई नै सहयोग गर्दै आएको छ ।