
काठमाडौं, असोज १ । उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा सरकारको नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको छ ।
प्रधानमन्त्री केपी ओली राष्ट्रसंघको ७४ औं महासभामा सहभागी नहुने भएपछि नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दैछन् । सोही महासभाको एक छलफलमा भाग लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव पनि न्यूयोर्क जान लागेका छन् ।
महासभाको मुख्य बैठकमा राष्ट्रका तर्फबाट परराष्ट्रमन्त्रीले सम्बोधन गर्नेछन् ।
पदीय मर्यादामा उपप्रधानमन्त्री परराष्ट्रपतिभन्दा माथि हुन्छन् । मन्त्रिपरिषदको वरियतामा पनि यादव ३ नम्बरमा छन् भने ज्ञवाली ५ नम्बरमा ।
महासभाको प्रमुख आकर्षणमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रिभोज र सहभागीको सपत्नी फोटो खिचाउने चलन एउटा हो । त्यसमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुनेछन् । उपप्रधानमन्त्री यादव भने महासभाअन्तर्गतको स्वास्थ्य सम्बन्धी छलफलमा संलग्न हुनेछन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्