१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


इन्द्रजात्राको अन्तिम दिन, महिलाहरुले ताने रथ


0
Shares

काठमाडौं, भदौ ३१ । भाद्र द्वादशीका दिन वसन्तपुर दरबारअगाडि लिंगो ठड्याएपछि सुरु भएको काठमाडौंको ऐतिहासिक इन्द्रजात्रा बुधबार बिहान विधिवतरुपमा समापन हुँदैछ ।

लिंगोमा बाँधिएका इन्द्रध्वजा भोलि बिहानको साइतमा वाग्मती नदीमा विसर्जन गरेपछि जात्रा समापन हुनेछ ।

जात्राको अन्तिम दिन मंगलबार कुमारी, गणेश र भैरवको रथ कुमारीघरबाट महिलाहरुले तानेर प्याफल, यट्खा, नरदेवी, किलागल, इन्द्रचोक, मख्खन, हनुमानढोका हुँदै पुनः कुमारीघरमा पुर्‍याएका छन् ।

आजको दिनलाई ‘नानीचाया’ भनिन्छ । रथयात्रा अवधिभर विगत चार वर्षदेखि महिलाहरुले आजको दिन रथ तान्दै आएका छन् ।

त्यसक्रममा लाखेनाच, पुलुकिसी, अष्टमात्रिका नाच, आकाशभैरवको तान्त्रिक नाच पनि प्रदर्शन गरिएको थियो ।

यो पर्व ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लाहरुमा पनि मनाउने गरिन्छ ।