१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024


काठमाडौं खुला दिसामुक्त घोषित


0
Shares

काठमाडौं, भदौ ३१ । सरकारले काठमाडौं जिल्लालाई खुला दिसामुक्त घोषणा गरेको छ ।

मंगलबार राजधानीमा एक कार्यक्रम गरी यस्तो घोषणा गरिएको हो ।

‘पूर्ण सरसफाइ हाम्रो अभियान, स्वच्छ, सफा र सुन्दर काठमाडौं पहिचान’ भन्ने नारासहित २०६५ सालबाट सुरु गरिएको काठमाडांै सरसफाइ अभियान सफल भएको भन्दै खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

कार्यक्रमका विशेष अतिथि प्रदेश सांसद नारायण सिलवालले काठमाडौंलाई खुला दिसामुक्त घोषणा गरेका थिए ।

काठमाडौं जिल्लाभित्रका महानगरपालिका तथा नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा आउँदो असोज १३ गते राष्ट्रलाई नै खुला दिसामुक्त घोषणा गर्ने जानकारी दिइयो ।

कार्यक्रमको प्रमुख अतिथिकारुपमा डाकिएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल कार्यक्रमस्थलमा पुगेर पनि ‘इमरजेन्सी’ परेको भन्दै फर्किएका थिए ।