ट्याक्सी बगायो • Image Khabar Image Khabar


ट्याक्सी बगायो


Imagekhabar
३१ भाद्र २०७६, मंगलवार १६:५५

ट्याक्सी बगायो

पर्वत, भदौ ३१ । कुस्मा नगरपालिका–४, अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ ।

दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले मंगलबार बिहान ४ः४५ बजे ध१ज ६६० नम्बरको ट्याक्सी बगाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्रीकाअनुसार बिरामी बोकेको उक्त ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा जाँदै थियो ।

खोलामा भेल आएको देखेपछि यात्री झारेर ट्याक्सीमात्र पार गराउने प्रयास गर्दै चालक हरिबहादुर खड्काले खोलाको नजिकै ट्याक्सी पुर्‍याउँदा हिलोमा फसेको थियो ।

पहिरो र भेलको जोखिम देखेपछि चालकले ज्यान जोगाउन ट्याक्सी नै छाडेर फर्किएको केही समयमा नै भेलले ट्याक्सी बगाएको हो ।

सडकबाट केही तल पुगेको ट्याक्सीलाई बाहिर निकाल्न प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्