राजधानीमा बसभित्रै बालिका बलात्कृत • Image Khabar Image Khabar


राजधानीमा बसभित्रै बालिका बलात्कृत


Imagekhabar
३१ भाद्र २०७६, मंगलवार ०६:२१

राजधानीमा बसभित्रै बालिका बलात्कृत

काठमाडौं, भदौ ३१ । काठमाडौंको तारकेश्वर–१०, मनमैजुमा ११ वर्षीया बालिका बसभित्रै बलात्कृत भएकी छन् ।

आइतबार राति मनमैजुस्थित शुभकामना चोकमा भेटिएका दुई बालिकामध्ये एकलाई बा४ख ८२ नम्बरको बसका सहचालकले बसभित्रै बलात्कार गरेका हुन् ।

महानगरीय प्रहरी बृत्त बालाजुले सोमबार बिहान बालिकामाथि जबर्जस्ती करणीमा संलग्न रहेको आरोपमा भोजपुर हचुवागढी गाउँपालिका–३ का एल्जित राईलाई पक्राउ गरेको छ ।

बृत्तमा डिएसपी बालनरसिंह राणाले पीडित बालिकाको उजुरीका आधारमा राईलाई पक्राउ गरेको बताए । –राजधानी दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्