काठमाडौं, भदौ २९ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अझै पनि बालमैत्री वातावरण बन्न नसकेको बताएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषदले राष्ट्रिय बाल दिवसका अवसरमा आइतबार काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकाको हकहितका लागि अझै धेरै काम गर्नुपर्ने चुनौती बाँकी रहेको उल्लेख गरे ।
मन्त्री पोखरेलले समयानुकुल कानुन तयार गर्दै बाल हितका लागि सरकारले विशेष कार्यक्रम अघि सार्ने बताए ।
उनले बालअधिकारका सम्बन्धमा संविधानले दिएको अधिकार व्यवहारिक रुपमा स्थापित गर्न अब ढिलाई गर्न नहुनेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्