आफ्नो प्रेमी छाडेर वर्षा चालीस कटेका बुद्धिको पछि लागेपछि • Image Khabar Image Khabar


आफ्नो प्रेमी छाडेर वर्षा चालीस कटेका बुद्धिको पछि लागेपछि


Imagekhabar
१४ फाल्गुन २०७७, शुक्रबार ११:४१

आफ्नो प्रेमी छाडेर वर्षा चालीस कटेका बुद्धिको पछि लागेपछि

काठमाडौं । सम्राट न्यौपानेको ‘चालिसे’मा गीत सार्वजनिक भएको छ ।

अनन्त कश्यप घिमिरेको शब्द र सम्राट न्यौपानेको आवाजमा रहेको गीतको एरेन्जमेन्ट गायक सम्राट आफैले गर्नु भएको छ ।

गीतमा पछिल्लो समय अत्यन्त रुचाईएका कलाकार बुद्धि तामाङ, नायिका वर्षा शिवाकोटी, सौरभ न्यौपाने र सुशीला थापाको अभिनय रहेको छ।

गीतको डिरेक्सन सौरभ न्यौपानेले गर्नु भएको छ, भने छायांकन पवन शुशलिङले गर्नुभएको छ ।

चर्चित कलाकार समेटेर निर्माण गरिएको गीतको भिडियोमा बर्षा शिवाकोटी आफ्नो प्रेमी छाडेर चालीस कटेका बुद्धि तामाङको पछि लागेको प्रेम कथालाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्