२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सिक्किममा पनि इन्द्रजात्रा


0
Shares

काठमाडौं, भदौ २७ । भारतको सिक्किममा पनि इन्द्रजात्रा पर्व र कुमारी जात्रा पर्व मनाइएको छ ।

शुक्रबार सिक्किमको नाम्चीमा कुमारीको रथयात्रा, लाखे, पुलुकिसि नाच निकालेर नगर परिक्रमा गराइएको हो ।

जीवित देवी कुमारीको फोटो रथमा राखेर रथयात्रा निकालिएको थियो ।

सिक्किम नेवाः गुथिले आयोजना गरेको जात्रामा सिक्किमका मुख्यमन्त्रीसमेत सहभागी भएको जनाइएको छ ।