
काठमाडौं, भदौ २७ । काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व धुमधामसँग मनाइँदैछ ।
यसैक्रममा कुमारी, गणेश र भैरवको रथयात्रा पनि सुरु भएको छ ।
शुक्रबार वसन्तपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत उच्चपदस्थ व्यक्तिले रथयात्राको अवलोकन गरेका छन् ।
निकै कडा सुरक्षा व्यवस्था गरिएको समारोहमा राष्ट्रपति भण्डारीले जीवित देवी कुमारीको दर्शन गरी प्रसादसमेत ग्रहण गरेकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भने रथयात्रा अवलोकनका लागि गएनन् ।
विशेषगरी काठमाडौंका नेवार समुदायले यो पर्व मनाउने गर्दछन् । यस अवसरमा लाखेनाच, पुलुकिसी नाच पनि प्रदर्शन गरिएको छ ।
कुमारी, गणेश र भैरवको रथ सर्वसाधारणको दर्शनका लागि विभिन्न टोलमा घुमाउने चलन छ ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौंमा मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्