२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पूर्वराज्यमन्त्री अनशनमा


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, भदौ २७ । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा पक्कीपुल निर्माणका लागि भएको अनशन शुक्रबार छैटौं दिन पनि जारी छ ।

छैटौं दिनसम्म पुग्दा विभिन्न निकायहरुले ऐक्यबद्धता जनाउनेक्रमसमेत बढ्दै गएको छ ।

यसैक्रममा शुक्रबारदेखि सरकारलाई थप दबाब दिन पूर्ववाणिज्य राज्यमन्त्री नरबहादुर चन्द पनि अनशनमा बसेका छन् ।

बैतडीस्थित जिल्ला प्रशासन कार्यालयअगाडि यही भदौ २२ गतेदेखि अनशन जारी छ ।

दुई दशकदेखि पुल निर्माणका लागि विभिन्न माध्यमबाट दबाब दिएपनि कुनै सुनुवाइ नभएपछि झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिको अगुवाइमा रिले अनशन भइरहेको हो ।

जारी अनशनमा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, विभिन्न गैरसरकारी संस्था, नेपाल पत्रकार महासंघ, रेडक्रस, राजनीतिक दललगायतको समर्थन रहेको छ ।

झुलाघाट पुरानो नाका भएकाले यसको सुधार भएमात्रै यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने स्थानीयको भनाइ छ ।