१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024


अधिकारका संरक्षणको लागि दक्षिण एशियाली महिलाहरुको प्रतिवद्धता आवश्यक


0
Shares

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले महिला अधिकारका संरक्षणको लागि दक्षिण एशियाली महिलाहरुको प्रतिवद्धता आवश्यक रहेको बताएका छन् ।

दक्षिण एशियाली महिला विकास मञ्चले आयोजना गरेको दक्षिण एशियाली महिलाहरुको सम्मेलनको आज काठमाडौमा उद्घाटन गर्दै उनले राजनीतिक, आर्थिक, सामाजिक समानताबाट मात्र महिला अधिकार सुदृढ हुने बताए ।

महिलाहरुको आर्थिकस्तर वृद्धि गर्न सकिए परिवार, समाज र मुलुकको विकास हुने उनको भनाई थियो ।

महिलाहरुको अधिकार र सशक्तिकरणका लागि सरकार सचेत रहेको भन्दै उनले ग्रामिण क्षेत्रका महिलाहरुको शसक्तिकरणमा जोड दिने दिए ।

महिलाहरुको हक, हितकोलागि कानुनी रुपमा संविधानले व्यवस्था गरेको भन्दै शैक्षिक रुपमा महिलाहरुलाई अगाडी बढाउनु पर्ने बताए ।

उनले पुरुष र महिलाबीचको बिभेद्बाट मात्र मुलुकको विकास पनि सम्भव हुने बताए ।

दक्षिण एशियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले महिलाहरुमाथि अझै पनि बिभेद कायम रहेको बताइन ।

महिला शसक्तिकरणको लागि दक्षिण एशियाली महिलाहरुको एकताको खाँचो औंल्याइन । राज्यका महत्वपूर्ण निकायमा महिला प्रतिनिधित्वको आवश्यकता रहेको उनको भनाई थियो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा महिलाहरुले भोग्नु परेका समस्या, महिला अधिकारलगायतका विषयमा छपलफल हुने छ ।