२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


माछा मार्न गएका तीन बालिकाको डुबेर मृत्यु


0
Shares

रौतहट । रौतहटको ईशनाथ नगरपालिका– १ बन्जाराका तीन बालिकाको बिहीबार साँझ डुबेर मृत्यु भएको छ ।

माछा मार्न गएका ७ वर्षिया सरिताकुमारी साह, १० वर्षिया किन्जलकुमारी यादव र ६ वर्षिया गुुञ्जनकुमारी यादवको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्जाराले जनाएको छ ।

गाउँका बालबालिकाहरु नजिकको खेतको खाडलमा जमेको पानीमा माछा मार्न गएको बेला यो घट्ना भएको हो ।

मृतक गुञ्जन र किन्जल दिदी बहिनी हुन् । साँझसम्म आफना छोरीहरु घर नफर्केपछि खोजी गर्दा उनीहरु खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा शव भेटिएको जनाइएको छ ।