
काठमाडौं । काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन सबैसँग आग्रह गरेका छन् ।
महानगरपालिकाले आज काठमाडौमा पत्रकार सम्मेलन गरी आठ दिनसम्म मनाइने इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउनका लागि सबैसँग आग्रह गरेका हुन
इन्द्रजात्राको अवलोकनका लागि यस वर्ष विभिन्न पाँच शहरका मेयरसहित ४८ जना भन्दा बढी विदेशी आउनेछन् ।
उनीहरुलाई जात्रा अवलोकनसहित चन्द्रागिरीहिल, स्वयम्भूनाथ, दरबार स्क्वायर, पशुपतिनाथलगायतका धार्मिक तथा पर्यटकीय तीर्थस्थलको अवलोकन गराइने छ ।
इन्द्रजात्रालाई भव्य रुपमा मनाउनका लागि इन्द्रजात्रा व्यवस्थापन समिति गठन गरिएको छ भने स्थानीय संघ, संस्था र क्लबसँग समन्वय गरी तयारीलाई तीव्रता दिइएको मेयर शाक्यले जानकारी दिए ।
नेपालको प्रचार प्रसार र पर्यटकीय दृष्टिकोणलाइसमेत प्राथमिकतामा राखिएको उनको भनाई थियो ।
कुमारी घरमा पुगेर कुमारी अवलोकन गर्ने र विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरीने छ ।
श्रीकुमारी, श्रीगणेश, श्रीभैरवको रथयात्रा, लाखेनाँच, आकाश भैरवनाँच, महाकालिन नाँचलगायतकका नृत्य प्रस्तृुत गरिने छ ।
जात्राको अन्तिम दिन कुमारी घरमा पुगेर राष्ट्र प्रमुखले कुमारीको हातबाट टीका ग्रहण गर्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस्