२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


एनआरएन र प्रेस युनियन सहकार्य आवश्यक


0
Shares

लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) युकेको आउँदो १४ सेप्टेम्बरमा हुन गईरहेको चुनाबको सरगर्मी र भावी रणनीति तथा योजनाबार नेपाल प्रेस युनियनले वहस गरेको छ ।

नेपाल प्रेस युनियन बेलायत शाखाले आइतबार गरेको एक अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरुले एनआरएनए र मिडियाहरुबीच समन्वयकारी र सदभावपूर्ण व्यवहार आवश्यक रहेको उल्लेख गरे ।

प्रेस युनियन बेलायत शाखाका अध्यक्ष बिपिन निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएन युकेकी बर्तमान महिला संयोजक तथा आगामी २०१९/२०२१ को लागि अन्तरास्ट्रिय परिषद (आइसीसी) सदस्य उम्मेदवार लिलादेबी गुरुङ, अन्य आइसीसीका उम्मेदवारहरु अर्जुन कटुवाल, सुरज मास्के र राजन खकुरेलले आफ्नो उम्मेद्वारी र संचारमाध्यमहरुको भूमिकाबारे आफ्ना धारणा राखेका थिए ।

त्यसैगरी एनआरएन युके महासचिबका उम्मेदवार फडिन्द्र भट्टराई, सचिव पदका उम्मेदवार जीत रानाभाट र कोषाध्यक्ष पदका उम्मेदवार तिलक भट्टराईले आफ्नो उम्मेदवारीको औचित्य र आफ्ना कार्ययोजनाबारे बोल्दै प्रेस स्वतन्त्रताको सँधै सम्मान गर्ने औंल्याए ।

नबगठित एनआरएन इङ्गल्याण्ड राज्य परिषदको लागि अध्यक्ष पदका उम्मेदवार दिपक श्रेष्ठ, परिषदकै कोषाध्यक्ष पदका उम्मेदवार पुण्य रेग्मी र सदस्य पदका उम्मेदवार लाल बहादुर गुरुङले पनि आफ्नो उम्मेद्वारीबारे प्रष्ट पार्दै संचारमाध्यमहरुले आफूहरुलाई बाटो देखाउनुपर्ने बताए ।

युनियन बेलायतका उपाध्यक्ष्य तथा कार्यक्रम संयोजक खेमराज रानाभाटले संचालन गरेको कार्यक्रममा युनियनकै केन्द्रिय प्रतिनिधि एबम एनआरएन युकेका उपमहासचिव बिनय अधिकारीले एनआरएन र प्रेस बिचको यस्तो सहकार्य र अन्तरक्रियाले उम्मेदवारका कुरालाई प्रेस मार्फत मतदातासम्म पुर्याउन सहयोग पुग्ने बताए ।

नेपाली जनसम्पर्क समिति बेलायतका केन्द्रिय महामन्त्री सूर्य तामाङ, सहमहामन्त्री उपेन पौडेल, ग्रीनवीच भुतपुर्ब गोर्खा सैनिकहरुको संगठन जिगेसोका महासचिब हरि मल्ल लगायतले उम्मेदवारहरुलाई सुझाव दिए ।

कार्यक्रममा स्थानीय रोयल ग्रीनवीच नेपाली सोसाइटीका सस्थापक अध्यक्ष कुमार श्रेष्ठ, नेप्लिज युथ सोसाइटी युकेका सस्थापक अध्यक्ष ह्यारी गुरुङ, चितवन एड ट्रस्ट युकेका अध्यक्ष जीवन सेन, प्रेस युनियन एबम बुद्ध फाउन्डेसनका सुरेन रुपाखेतीलगायतको सहभागिता थियो । प्रेस युनियन बेलायत अध्यक्ष बिपिन निरौलाले युनियनले प्रेस र एनआरएन बिचमा सेतुको काम गर्ने बचन दिए ।

उनले सबैले समाजकै लागि गर्ने भएकाले आगामी चुनाबमा कसैको पनि जित या हारको रुपमा नलिइ समाजको सकारात्मक सामाजिक कार्य गर्न आब्हान गरे । कार्यक्रमको नेपाली वेव न्युज२४न्युजप्रेस लगायतले प्रत्यक्ष प्रशारण गरेका थिए ।