२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रपति भण्डारीसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट


0
Shares

काठमाडौं, भदौ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार शिष्टाचार भेट गरेका छन् । 

त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार–विमर्श भएको थियो ।

भेटमा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमन्डलका सदस्यका साथै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्रसचिव शंकरदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो । रासस