Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


‘बैक तथा वित्तिय संस्था बलियो भएमात्र उद्योग व्यवसाय फस्टाउछ’


0
Shares

काठमाडौं, माघ २७ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैक तथा वित्तिय निकाय बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने बताउनु भएको छ ।

महासंघले छिट्टै बैकिङ्ग कर तथा राजस्व श्रम लगायतका समस्यालाई संबोधन गर्न दीर्घकालिन प्रकृतिको सदस्य सेवा स्थापना गर्ने तयारीमा रहेको जानकारी दिदै अध्यक्ष गोल्छाले नेपालमा बिमा व्यवसाय तुलनात्मक रुपमा महङ्गो भएकाले यसलाई प्रतिस्पर्धी बनाउनुृ पर्ने समेत बताउनु भएको छ ।

महासंघले विस्तार गरेको बैक वित्तिय तथा बिमा विस्तार समितिका सदस्यलाई प्रमाणपत्र वितरण समारोहमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय र बैकिङ क्षेत्रबीच तनावको अवस्था समेत आएको विगत सम्झदै समितिले अध्ययन र सोच विचारका साथ सुझव तयार गर्ने र मुलुक भित्रका बैक तथा वित्तिय संस्थालाई फस्टाउने वातावरण बनाउन सक्नु पर्ने बताउनुभयो ।

यसैबीच महासंघले साहिल अग्रवालको सभापतित्वमा बैक वित्तिय तथा बिमा समिति विस्तार गरेको छ ।