म्यानमारमा तेस्रो दिनको आन्दोलनमा १० हजार बढी सहभागी « Imagekhabar – Online News Portal of Nepal
१७ माघ २०७९, मंगलवार | Wed Feb 1 2023


म्यानमारमा तेस्रो दिनको आन्दोलनमा १० हजार बढी सहभागी


0
Shares

काठमाडौं, माघ २६ । म्यानमारमा सैन्य कू को विरोधमा सोमबार तेस्रो दिन पनि प्रदर्शन जारी छ ।

तेस्रो दिन दश हजारभन्दा बढी मानिसहरू सडक प्रदर्शनमा उत्रिएका छन् ।

गत सोमबार सेनाले निर्वाचित नेतृ आङ सान सूचीलगायत नेताहरूलाई पक्राउ गरी एक वर्षे संकटकाल घोषणा गरेपछि म्यानमारमा दिनहँ प्रदर्शनमा भाग लिनेको संख्या बढ्दै गएको छ ।

सेनाको उक्त कदमको विरोधमा म्यानमार मा दशकयताकै ठुला प्रदर्शनहरू भएका छन् ।

मुख्य सहर याङ्गोनमा देशव्यापी हडताल स्वरूप वकिल, शिक्षक र निजामती कर्मचारीसहित विभिन्न पेसागत समूहहरू भेला भएर विरोध जनाईरहेका छन् ।

प्रदर्शनमा सहभागिहरुलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरे पनि प्रदर्शन रोकिएको छैन ।

यद्यपी हिंसाको घटनाहरु नभएको बताइएको छ । (एजेन्सी)