Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


उपनिर्वाचनका लागि दल दर्ता यसै साता


0
Shares

काठमाडौं, भदौ १६ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गर्ने तयारी गरेको छ ।

आयोगले यसै साथ निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि आह्वान गर्ने तयारी गरेको हो ।

‘निर्वाचनका लागि गर्नुपर्ने ४२ कामअनुसार तयारी तीव्र गतिमा अघि बढाइरहेका छौं,’ आयोग प्रवक्ता शंकरप्रसाद खरेलले भने, ‘अब एकदुई दिनभित्रै उपनिर्वाचनमा भाग लिन इच्छुक दललाई दल दर्ताका लागि आह्वान गर्दैछौं ।’

नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निर्वाचन प्रयोगका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने अनिवार्य हुन्छ । –नागरिक दैनिकबाट