यस्तो आकर्षक बनावट र कलरमा आउने भयो २०२१ रोयल इन्फिल्ड हिमालयन • Image Khabar Image Khabar


यस्तो आकर्षक बनावट र कलरमा आउने भयो २०२१ रोयल इन्फिल्ड हिमालयन


Imagekhabar
१५ माघ २०७७, बिहीबार १०:१७

यस्तो आकर्षक बनावट र कलरमा आउने भयो २०२१ रोयल इन्फिल्ड हिमालयन

काठमाडौं । पटक परीक्षण गरिरहेको समयमा देखिएको रोयल इन्फिल्ड हिमालयनको २०२१ मोडलको अफिसियल इमेज सार्वजनिक भएको छ । सो मोटरसाइकल केही दिनमा सार्वजनिक हुने बताइए पनि आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन ।

रोयल इन्फिल्ड हिमालयन अन्य केही अपडेटका साथै तीन कलर अप्सनमा उपलब्ध हुने बताइएको छ । रोयल इन्फिल्डको एक मात्र एड्भेन्चर मोडलको सो बाइक अब ग्रेनाइट ब्ल्याक, मिराज सिल्भर र पाइन ग्रीन कलरमा समेत उपलब्ध हुनेछ । त्यसैगरी अब यी वाहेक ग्राभल ग्रे, लेक ब्लु र रक रेड कलर सेडमा मात्र सो बाइक उपलब्ध हुनेछ ।

रोयल इन्फिल्डको सो बाइकमा अलि अग्लो विन्डस्क्रिन छ भने यो टिन्टेड समेत छ । यो नयाँ विन्डस्क्रिनले राइडरको थकानलाई कम गर्ने विश्वास गरिएको छ ।

मोटरसाइकलको सिटमा अब ब्राउन सेडको प्रयोग गरिएको छ र यसमा हाई डेन्सिटी फोमको प्रयोग गरिएको छ । पछिल्लो भागमा पनि लगेजलाई अझै सहज तरिकाले राख्न मिल्ने बनाइएको छ ।

यद्यपि सबैभन्दा ठूलो परिवर्तन भनेको यसमा ट्रिपर नेभिगेसन सिस्टम हुनु हो । रोयल इन्फिल्डले यो प्रविधि मेटियर ३५० मोटरसाइकलमा समेत गरेको छ । हिमालयन जस्तो एड्भेन्चर मोडलको मोटरसाइकलका लागि यो एकदमै आवश्यक प्रविधि हो ।

मेकानिकल पक्षको कुरा गर्दा हिमालयनमा पहिले देखि नै भएको ४११ सीसीको इन्जिन यसमा हुनेछ, जसले २४.१ बीएचपी पावर र ३२ एनएम टर्क जेनेरेट गर्छ ।नेपाल अटो

प्रतिक्रिया दिनुहोस्