२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अर्घाखाँचीबाट एक वर्षमा साढे दुई सय मुद्दा फछर्यौट


0
Shares

अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतले न्यायपालिकाको तेस्रो रणनीतिक योजनाका लक्ष्यहरु सार्वजनिक गरेको छ ।

जिल्ला अदालतका श्रेस्तेदार गम्भिर घिमिरेले गत आर्थिक वर्ष २०७५/०७६ मा २ सय ६१ मुद्दा फछर्यौट भएको जानकारी दिए ।

एक वर्षको अवधिमा ३ सय ८८ मुद्दा दर्ता भएकोमा २ सय ६१ फछर्यौट भएको र १ सय २७ मुद्दा फैसला हुन बाँकी रहेको बताइएको छ ।

एक वर्षको अवधिमा सबै भन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।

गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदका एक सय ६१ मुद्दा दर्ता भएकोमा १ सय १२ फछर्यौट भएका छन् ।