
काठमाडौं, भदौ ५ । महिला सुरक्षा दबाब समूहले राष्ट्रिय महिला आयोगमा छिटो पदाधिकारी नियुक्ति गर्न माग गरेको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी समूहले महिलाको हक, अधिकारमा काम गरिरहेको संवैधानिक निकाय पदाधिकारीविहीन हुँदा काम गर्न कठिनाइ भइरहेको बताएको हो ।
समूहकी अध्यक्ष सावित्री थापाले अरु कुनै आयोगमा पदाधिकारीहरुका लागि उमेरको हदबन्दी नभएको भन्दै महिला आयोगमा पनि हदबन्दी हटाउनुपर्ने बताइन् ।
राज्यका निर्णायक तह र पीडित महिलाहरुबीच समन्वय गर्ने निकाय नै ओझेलमा पर्दा महिलाको न्यायमा पहुँच पुग्न नसकेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्