
काठमाडौं, जेठ ३१ । नेपाल र भारतबीच नयाँ हवाई प्रवेश विन्दुको विषयमा आजदेखि वार्ता हुँदैछ ।
दुवै देशका प्रतिनिधिबीच शनिबारसम्म हुने वार्तामा नयाँ सहमति जुट्ने अपेक्षा गरिएको छ ।
गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई नयाँ हवाई विन्दु दिने विषयमा छलफल गरेर टुंग्याइने बताएका थिए । वार्ताका लागि बुधबार नै भारतीय नागरिक उड्डयन प्राधिकरणको एक टोली नेपाल आइसकेका छन् ।
नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गर्नुपर्ने बाध्यता रहेको छ । –कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस्