७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024


बालाजु औद्योगिक क्षेत्रस्थित गाडीको शोरुममा आगलागी


0
Shares

काठमाडौं, भदौ ५ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको फोर्स गाडीको शोरुममा आगलागी भएको छ ।

आगलागीबाट शोरुमका पाँच वटा नयाँ गाडी र एउटा पुरानो मोटरसाइकल जलेको छ । आगलागीबाट झण्डै डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

वारुणयन्त्रको सहयोगमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले करिब एक घण्टामा आगो नियन्त्रणमा लिएका थिए । मर्मतका लागि ल्याइएको सशस्त्र प्रहरीको एम्बुलेन्समा रहेको अक्सिजन लिक भएर वेल्डिङको काम भइरहेको अर्कोे गाडीमा झिल्कोले टिपेपछि आगलागी भएको प्रहरीले जनाएको छ ।