५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024


बुटवल-नारायणगढ सडकखण्डका पुलहरु उच्च जोखिममा, राजमार्ग दिनहुँजसो अवरुद्ध (भिडियो)


0
Shares

-विवेक भण्डारी/ईमेज

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्र्तगतको बुटवल–नारायणगढ सडकखण्डमा पर्ने नवलपरासीका अधिकांश पुलहरु जोखिमपूर्ण अवस्थामा पुगेका छन् ।

पुलहरुको आयु सकिन लागे पनि क्षमताभन्दा बढी लोडका सवारी साधन गुड्नु र मर्मत्सम्भारमा चासो नदिँदा दुर्घटनाको जोखिम बढ्दै गएको हो ।

गत बुधबार नवलपरको मध्यविन्दु नगरपालिकास्थित अरुणखोलाको पुल मालबाहक ट्रक ठोकिएपछि भत्किएको छ । पुल मर्मत हुन नसक्दा दिनहुँजसो हजारौँ यात्रुले ठूलो सास्ती खेपिरहेका छन् ।

यातायात संञ्चालनका लागि पुल भाचिएको १० घण्टा पछि अस्थाइ रुपमा निर्माण अस्थाई रुपमा निर्माण गरिएको ‘डाइर्भसन पनि बाढीले बगाएपछि दिनहुँजसो राजमार्ग अवरुद्ध बन्दै गएको छ । जसका कारण ठूलो सास्ती भोगिरहनुपरेको यात्रुहरुको गुनासो छ ।

यता सडक डिभिजन कार्यलय बुटवलले छिट्टै पुल निर्माणको काम सम्पन्न गरी यातायात नियमित सुचारु गरिने बताउँछन् ।

सडक डिभिजन कार्यलयको अनुमतिमा पुलको निर्माण निरीक्षण गरिरहेका घनश्याम गिरीका अनुसार पुलको  दाहिने तर्फ पोल र फलाम मात्र जोड्ने काम भएको हँुदा सम्भवत बिहीबारसम्म काम सम्पन्न हुनेछ ।

तीन वर्षअघि पनि पूर्वपश्चिम राजमार्गअन्तर्गत प्रगतिनगरको बौलाहाखोला पुल भाँचिएको थियो ।

निर्माण भएको लामो समय बितिसक्दा पनि पुलहरु पुनर्निर्माण वा मर्मत्सम्भारमा चासो नदेखाउँदा जोखिम वर्सेनी बढ्दै गइरहेको  छ ।

पूर्वी नवलपरासीको गैंडाकोटदेखि पश्चिम नवलपरासीको सुनवलसम्म रहेका साना–ठूला गरी करिब ४० पुलमध्ये सबैजसो जोखिममा रहेको बताइएको छ ।

२०३५ देखि २०३८ सालभित्र निर्माण भएका यहाँका पुलको आयु ४० वर्ष भइसकेको छ । प्राविधिक दृष्टिले पनि  पुलको आयु सामान्यतया ४० देखि ४५ वर्ष मानिन्छ ।

सबै पुलहरु जीर्ण नभए पनि बेलैमा मर्मतसम्भार र पुनर्निर्माणमा ध्यान गएन भने निकट भविष्यमै संकटको संभावना छ ।