हरितारा चलचित्र पुरस्कारबाट संचारकर्मी तथा चलचित्रकर्मी सम्मानित « Image Khabar


हरितारा चलचित्र पुरस्कारबाट संचारकर्मी तथा चलचित्रकर्मी सम्मानित


Imagekhabar
२२ पुष २०७७, बुधबार १८:००

काठमाडौं, पुस २२ । संचारकर्मी राजेश खनाल श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

परिवर्तन नेपालले आयोजना गरेको कार्यक्रममा संचारकर्मी खनाललाई २०७६ सालको पुरस्कारबाट १० हजार रुपैयाँको थैलीसहित सम्मान गरिएको हो ।

त्यस्तै वरिष्ठ अभिनेत्री सपना श्रेष्ठ २०७७ सालको सोही पुरस्कारबाट सम्मानित हुनुभयो ।

त्यस्तै २०७६ सालको हरितारा चलचित्र पुरस्कारबाट चलचित्रकर्मी कृष्ण मल्ल र नाट्यकर्मी अभिनेता मदनदास श्रेष्ठ तथा २०७७ सालको सो पुरस्कारबाट वरिष्ठ गीतकार सहदेव ढुंगाना ३५ हजार रुपैयाँसहित सम्मानित हुनुभयो ।

निजी क्षेत्रबाट स्थापित पहिलो पुरस्कारको रुपमा हरितारा चलचित्र पुरस्कार परिचित छ ।

प्रतिक्रिया दिनुहोस्