चेल्सीविरुद्धको खेलमा म्यानचेस्टर सिटीका पाँच खेलाडी उपस्थित नहुने « Image Khabar


चेल्सीविरुद्धको खेलमा म्यानचेस्टर सिटीका पाँच खेलाडी उपस्थित नहुने


Imagekhabar
१८ पुष २०७७, शनिबार ०७:३०

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीविरुद्धको खेलमा म्यान्चेस्टर सिटीका पाँच खेलाडी उपस्थित नहुने भएका छन् । कोरोना भाइरसको संक्रमण भएपछि चेल्सीविरुद्धको खेलमा सिटीका मुख्य ५ खेलाडी मैदान नउत्रने भएका हुन् ।

ग्राबियल जिसस र केली वाल्करसहित पाँच खेलाडीले चेल्सीविरुद्ध नखेल्ने बताइएको छ । कोरोना पोजेटिभ देखिएपछि उनीहरु सेल्फ आईसोलेसनमा बसेका छन् । सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले समेत पाँच खेलाडी टिम बाहिर रहेको पुष्टि गरेका छन् ।

प्रिमियर लिग अन्तर्गत सिटीले भोलि चेल्सीसँग खेल्नेछ । लिगमा सिटी २६ अंक जोडेर १८औं स्थानमा रहेको छ । चेल्सी २६ अंक जोडेर नै छैटौ स्थानमा रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्