नयाँ वर्षलाई स्वागत गर्ने मल्लिका सेरावतका यी तस्वीर जुन भयो भाइरल « Image Khabar


नयाँ वर्षलाई स्वागत गर्ने मल्लिका सेरावतका यी तस्वीर जुन भयो भाइरल


Imagekhabar
१६ पुष २०७७, बिहीबार २१:४१

india heroien Mallika sherawat hot photoshoot

एजेन्सी, पुस १६ । भारतीय सिनेकर्मी मल्लिका सेरावतले नयाँ बर्ष २०२१ लाई स्वागत गर्न भन्दै पोष्ट गरेको तस्वीर सामाजिक सञ्जालमा चर्चित (भाइरल) भएको छ ।

नयाँ बर्षको स्वागतका लागि भन्दै आफ्नै देश भारतको दक्षिणी भूभाग केरला पुगेकी बलिउड अभिनेत्री मल्लिका शेरावतले गराएको फोटोसूट अहिले भाइरल भएको हो ।

मल्लिका आफैले साझा गरेकी तस्वीरमा उनलाई निकै सुन्दर, कलात्मक र हट अवतारमा देखाइएको छ ।

मल्लिका यी तस्वीरप्रति उनलाई मन पराउने फ्यानहरु भने फिदा भएका हुन् । उसोत मल्लिका बलिउडमा हट एण्ड ग्ल्यामरस अभिनेत्रीका रपमा चिनिन्छिन् नै ।

तोरी बारीमा खिचिएको भिडियो पनि उनले आफ्ना फ्यानका लागि साझा गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्