समान पारिश्रमिकको माग्दै आंशिक प्राध्यापकको आन्दोलन « Image Khabar


समान पारिश्रमिकको माग्दै आंशिक प्राध्यापकको आन्दोलन


Imagekhabar
१० पुष २०७७, शुक्रबार १६:२८

काठमाडौं । समान पारिश्रमिकको माग गर्दै आंशिक प्राध्यापकहरू १० दिनदेखि आन्दोलनमा छन् ।

विश्वविद्यालयले बौद्धिक शोषण गरेकाे भन्दै उनीहरूले समान कामको समान पारिश्रमिक हुनुपर्ने माग गरेका छन् । प्राध्यापकहरू विगत १० दिन दिनदेखि त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा आन्दोलन गर्दै आएका छन् ।

एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गर्नुपर्ने उनीहरूको माग छ । १५ वर्षदेखि आन्दोलनमा रहेका प्राध्यापकहरूले विगतमा भएका सम्झौता कार्यान्वयन नभएको गुनासो गरेका छन् । आफ्नो मागप्रति त्रिविले चासो नदिएको उनीहरूको गुनासाे छ ।

अहिले ९० प्रतिशत बढी कक्षाभार आंशिक शिक्षकहरूले लिनुपर्ने बाध्यता भए पनि काम अनुसारको पारिश्रमिक नपाएको आशिंक प्राध्यापक इश्वर जोशीले बताउनुभयो । उहाँले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्