कांग्रेस नेता पाण्डेलाई मातृशोक « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


कांग्रेस नेता पाण्डेलाई मातृशोक


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेकी माताको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पूर्व सांसद पाण्डेकी माता योगेन्द्रकुमारीको शुक्रबार बिहान ९८ वर्षको उमेरमा निधन भएको हो ।

कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले शुक्रबार शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय एवं नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिनुभएकी माता योगेन्द्रकुमारीले आफ्ना सन्ततिलाई सदैव देश र आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आउनुभएको विज्ञप्तिमा उल्लेख छ । रासस