गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कास्कीद्वारा तनहुँ ३१ रनले पराजित « Image Khabar


गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कास्कीद्वारा तनहुँ ३१ रनले पराजित


Imagekhabar
७ पुष २०७७, मंगलवार २०:३३

पोखरा, पुस ७ । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा तनहुँलाई ३१ रनले हराउँदै कास्की विजयी भएको छ ।

दिपेश खत्रीले घातक बलिङ्ग गरेपछि कास्कीले तनहुँलाई ३१ रनले पराजित गरेको हो ।

गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कास्कीले तनुहँमाथि जित निकाल्दै लिग तालिकामा थप दुई अंक जोडन सफल भयो ।

पोखरा रंगशालामा भएको खेलमा जितका लागि १ सय ५५ रनको सामान्य लक्ष्य पछ्याएको तनहुँका व्याट्म्यानहरु खत्रीको धारिलो बलिङ्ग अगाडी टिक्न नसकेपछि उनीहरुको पारी १ सय २३ रनमै समेटियो ।

खत्रीले आफ्नों कोटाको पुरै १० ओभर बल फाल्दा ५ मेडनसहित मात्रै ९ रन खर्चिएर ४ विकेट लिएका थिए ।

तनहुँको तर्फबाट समिर कँडेलले ४१ रन बनाए । कास्कीको बलिङ्गमा सुवास भण्डारीले ३ विकेट लिए ।

खेलमा कास्कीका दिपेश खत्री म्यान अफ द म्याच घोषित भए ।

लिगअन्र्तगत बुधबार कास्की र नवलपुरबीच अन्तिम खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्