दाहाल–नेपाल पक्षको सांसद भेलामा वामदेव र बादल गएनन् « Image Khabar


दाहाल–नेपाल पक्षको सांसद भेलामा वामदेव र बादल गएनन्


Imagekhabar
६ पुष २०७७, सोमबार १५:३३

Dahal-Nepal vela

काठमाडौं, पुष ६ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध एकजुट भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षधरका सांसदहरुको भेला संसद भवन बानेश्वरमा बसेको छ ।

भेलामा दाहाल र नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सांसदहरु सहभागी हुनुहुन्छ ।

तर रामबहादुर थापा र वामदेव गौतम भने उपस्थित हुनुभएको छैन । हिजोसम्म संसद विघटनको विपषमा देखिनुभएका गौतम उपस्थित नभएकामा आश्चर्यका रुपमा लिइएको छ ।

थापा भने प्रधानमन्त्री ओलीको कदमका पक्षमा देखिनुभएको छ ।

दाहाल र नेपाल पक्षका ९० भन्दा बढी सांसद संसद भवनमा भेला भएको जनाइएको छ ।

यसअघि सोमबार बिहान मात्रै प्रधानमन्त्री ओलीले आफूनिकट सांसदहरुको भेला बालुवाटारमा गर्नुभएको थियो ।

भेलामा सहभागी भएका सांसदहरुको हस्ताक्षर समेत गरिएको छ । संसद विघटनविरुद्ध संसदमा बहुमत जुटाउने भन्दै हस्ताक्षर गराइएको हो ।

यसक्रममा अरु पार्टीका सांसदको पनि हस्ताक्षर गराइने बताइएको छ ।

प्रतिनिधि सभामा १३८ सांसद भएमा बहुमत पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्