सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा रहन निर्देशन « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा रहन निर्देशन


0
Shares

काठमाण्डौ, पुस ५ । संसद विघटन गर्ने सरकारको निर्णयपछि उच्च सैनिक अधिकृतहरूबीच छलफल भएको छ ।

सैनिक मुख्यालय जगीं अडामा आइतबार उच्च सैनिक अधिकृतहरूबीच संसद विघटन पछि उत्पन्न परिस्थितिबारे छलफल भएको हो ।

साथै संसद विघटनपछि देशमा हुनसक्ने सुरक्षा अवस्थालाई मध्यनजर गर्दै पृतनापतिहरूलाई हाई अलर्टमा रहन निर्देशन दिइएको पनि स्रोतले जनाएको छ ।