प्रिमियर लिगमा लिभरपुलको शानदार जित « Image Khabar


प्रिमियर लिगमा लिभरपुलको शानदार जित


Imagekhabar
५ पुष २०७७, आईतवार १०:०२

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ७–० ले हराएको छ ।

प्यालेसको मैदानमा भएको खेलमा लिभरपुललाई शानदार जित दिलाउन मोहोमद सालाह र रोबर्टो फर्मिनोले दुई दुई गोल गरे ।

यसैगरि मियामोतो, सादियो माने र जोर्डन हेन्डर्सनले एक एक गोल थपे । जितसँगै लिभरपुलले प्रिमियर लिगको शिर्ष स्थानको पकड बलियो पारेको छ ।

१४ खेलबाट उसको ३१ अंक छ । समान खेलबाट २६ अंक जोडेको एभर्टन तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा एभर्टनले आर्सनललाई २–१ ले हराएको हो ।

आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन यरी मिनाले एक गोल गर्दा आर्सनलका रब होल्डिङले एक आत्माघाति गोल गरे ।

आर्सनलका लागि निकोलस पेपेले पेनाल्टीमाफर्त एक गोल फर्काए । प्रियिमर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई १–० ले हराउँदा न्युकासल युनाईटेडले फुल्हमसँग १–१ गोलको बराबरी खेल्यो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्