Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


एउटै बोका १८१ किलो, हेर्न आउनेको ओइरो


13
Shares

काठमाडौं ।  अर्घाखाँची डिभर्नाका किसान गोपाल बस्यालले पालेको एउटा बोयर बोका १ सय ८१ किलोको छ। यो बोका हेर्न जिल्ला मात्र होइन, बाहिरबाट मानिस आउने गरेको बस्याल सुनाउँछन्।

बोयर बाख्रा छिटो बढ्ने, मासु धेरै हुने, पाल्न पनि सजिलो हुने भएकाले अर्घाखाँचीसहित विभिन्न जिल्लाका किसान यसको पालनमा आकर्षित भएका छन्।

अरू जातको बाख्राभन्दा बोयरमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने किसान बताउँछन्। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्ना बोयर बाख्रा उत्पादनस्थल बनेको छ।

डिभर्नाकै गीता भुसालले दुई माउ बाख्रा मात्रै पालेकी छन्। भुसालले तिनै बाख्राका पाठापाठी बेचेर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरेकी छन्।

तीन वर्षमा बोका र पाठी बिक्रीबाट ७ लाख रुपैयाँ कमाएको उनको भनाइ छ। ‘धेरै पाल्नु पनि पर्दैन। दुःख पनि छैन। मैले दुई बाख्रा स्याहार गरेकी छु। ७ लाख कमाएँ’, उनी भन्छिन्, ‘२ लाखका पाठापाठी तयार छन्।’

उनी मात्र होइन, डिभर्नाका किसानले बोयर बोका बिक्रीबाट मनग्य आम्दानी गर्न थालेका छन्। स्थानीयवासी बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन्।

मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बोयर बिडर हट पशुपालन तथा कृषि सहकारी संस्थामा आबद्ध किसानले बोयर बोका प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन्।

०७३ साल मंसिरमा अस्टे«लियाबाट ३ लाख रुपैयाँका दरले १२ वटा बोयर बोका ल्याइएको थियो। अन्नपूर्ण