२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नक्कली राष्ट्रवादको कुरा छाड्नोस् : पौडेल


0
Shares

काठमाडौं, साउन २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नक्कली राष्ट्रवादको कुरा छाडेर राष्ट्रप्रेम गर्न सत्तारुढ दल नेकपाका नेताहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले जसरी पनि पैसा कुम्ल्याउने र त्यो पैसा राजनीतिमा लगाएर सत्ताकब्जा गर्ने उद्देश्य देखिएको बताए ।

कम्युनिस्टहरुको व्यवहारमा सुधार नभए राजनीतिक व्यवस्था नै धरापमा पर्ने पौडेलको भनाइ थियो ।