१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


‘आमाले पकाएको दर’ कोपिलाको मौलिक तीज गीत(भिडियो)


0
Shares

काठमाडौं । गायिका कोपिला गौतमको नयाँ तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक भएको छ ।

मौलिक शव्द तथा संगीत रहेको उक्त गीतलाई म्युजिक खबरले सार्वजनिक गरेको हो । तीजको अवसरलाई लक्षित गरेर बजारमा ल्याईएको गीतमा तीजको मौलिकता झल्किएको छ ।

आमाले पकाएको दर गीतमा गोविन्द मधुर आचार्यले संगीत दिएका छन भने संगीत संयोजन पनि आचार्यकै रहेको छ । गीतको शव्द लोकराज अधिकारीले लेखेका हुन ।

यस गीतको भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन ।

सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलालो सम्पादन गरेका छन् । गीतमा गायिका स्वयम र चाहना राना मगरले नृत्य गरेका छन् ।

गायिका गौतमले अघिल्ला वर्षहरुमा पनि तीजका गीत पस्किदै आएकी छिन् । उनले दर्जनौं गीतमा आफ्नो स्वर भरिसकेकी छिन् ।