Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


रसुवामा जाडोबाट हुने क्षति न्यूनिकरणको पूर्व तयारी


13
Shares

रसुवा, मंसिर २० । रसुवामा चीसो बढेसँगै यसबाट हुन सक्ने क्षतिका लागि पूर्वतयारी सुरु गरिएको छ ।

विपत् व्यवस्थापन समिति रसुवाले उच्च क्षेत्रमा बसोबास गर्ने दीर्घ रोगी, वृद्घवृद्घा अशक्त तथा बालबालिका लगायतलाई चिसो तथा हिमपातबाट पर्न सक्ने असरको जोखिमलाई कम गर्न पूर्वतयारी सुरु गरेको हो ।

अत्याधिक चिसो तथा हिमपातबाट मानविय क्षति न्यूनिकरणका लागि जिल्लाको पाँचवटा गाउँपालिकाका उच्च स्थान र पाँच सय तीन घरपरिवार प्रभावित हुन सक्ने अनुमान गरीएको छ ।

जाडोको समयमा आगो ताप्ने प्रयोजनका लागि एक हप्ते प्याकेजमा सुकेको दाउरा संकलनको व्यवस्था, न्यानो कपडा वितरण गर्ने व्यवस्था तथा हिमपहिरो जान सक्ने सम्भावित क्षेत्रहरुका बासिन्दाहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरीएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तल जानकारी दिनभयो ।

जिल्लास्थित सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, सञ्चार क्षेत्रलाई समन्वयात्मक रूपमा परिचालन गरिने गरी पूर्वतयारी कार्ययोजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो ।

लाङटाङ, क्याङजिन, गोसाइँकुण्ड, धुन्चेको लेक, गत्लाङ, ठूलोहाकु, यार्सा लेक, चोलाङपाटी,चन्दनबारीलगायतका स्थानमा बर्षेनी बाक्लो हिमपात हुने गरेको छ ।