१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


निकेशको निर्देशनमा तयार भयो ‘सुनन’, दयाहाङ र लक्ष्मीको अभिनयको चर्चा (भिडियो)


0
Shares

काठमाडौँ । जिन्दगी रक्स, फाटेको जुत्ता लगायतका चलचित्र निर्देशन गरेका निर्देशक हुन् निकेश खड्का ।

म्यूजिक भिडियोको निर्देशनसँगै चलचित्रको पनि निर्देशनमा ब्यस्त निर्देशक खड्कालाई हिजोआज म्यूजिक भिडियोको काम गर्न भ्याई नभ्याई छ ।

यसैबिच निर्देशक खड्काले निर्देशन गरेको पछिल्लो म्यूजिक भिडियो सुनन सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार हरि लम्साल र मेलिना राईको स्वरमा तयार भएको ुसुननु बोलको गीतको भिडियो सार्वजनिक भए लगत्तै राम्रो चर्चा पाइरहेको छ ।

परानै दिन्छुको भाग २ का रुपमा तयार पारिएको सुननमा शब्द शृजना प्रलाद शाहको शब्द शृजना रहेको छ भने संगीत हरि लम्सालको रहेको छ ।

पछिल्लो समयका ब्यस्त तथा चर्चित अभिनेता दयाहागं राई र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको गीतमा पहिलो प्रेमको सुरुवाती कथालाई देखाइएको छ ।

गाउँ घर, उकाली ओराली गर्दै मिलको रुपमा रहेको पानी घट्टमा अन्न लिएर पिस्न जाँदा २ युवा युवती एक अर्काप्रति आर्कर्षित भएको प्रेम कथालाई भिडियोमा कलात्मक तरिकाले देखाइएको छ ।

काभ्रेको पनौती नगरपालिकाको कुशादेवी भन्ने स्थानमा छायांकन गरिएको भिडियोले नेपाली ग्रामिण परिवेशमा पनि जीन्दगी जिउँदै प्रेम सम्बन्धमा रमाउनेहरुको कथामा दया र लक्ष्मीको जोडी निकै सुहाएको छ ।

भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन् । मिक्सिगं तथा मास्टरिगं प्रकाश मिश्रको रहेको गीतको भिडियो टुवेल्भ नोट्सबाट बजारमा आएको हो ।