२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


मिसटिन नेपालको पहिलो अडिसन सकियो, दोस्रो शुक्रबार


0
Shares

काठमाडौं ।  मिसटिन नेपालको पहिलो अडिसन सकिएको छ । शुक्रबार दोस्रो अडिसन हुँदैछ ।

काठमाडौँ जेसीसले १६ देखि १९ बर्षसम्मको युवतीहरु सहभागी गराएर पहिलो अडिसनबाट १५ जना प्रतिस्पर्धी छनोट गरेको छ ।

काठमाडौँको जेसीस सचिबालय तिनकुनेमा सम्पन्न गरेको पहिलो अडिसनमा ४५ जना युवती सहभागी थिए ।

महिला शसक्तीकरणको सामाजिक अभियान अन्तर्गत मिसटिन नेपाल २०१९ को लागि सन् २००२ देखि प्रत्येक बर्ष आयोजना गर्दै आएको काठमाडौँ जेसीसका अध्यक्ष भुवनकुमार श्रेष्ठले जानकारी दिए ।

पहिलो अडिसनका मध्येबाट १५ जना छनौट गरिएको उनले बताए । अध्यक्ष श्रेष्ठका अनुसार दोस्रो अडिसन शुक्रबार साउन १७ गते आयोजना गरिदैछ । प्रतियोगिताको फिनाले भदौ १३ गते हुनेछ ।