धनकुटामा पाँच महिनाको घरभाडा छुट « Image Khabar


धनकुटामा पाँच महिनाको घरभाडा छुट


Imagekhabar
८ मंसिर २०७७, सोमबार १९:४२

धनकुटा, मंसिर ८ । धनकुटामा कोरोना महामारीका कारण आर्थिक समस्या परेको भन्दै घरधनीहरुले घरभाडामा छुट दिएका छन् ।

३२६ जना घर धनीहरुले लकडाउनका कारण व्यापार व्यावसाय ठप्प हुदा समस्यामा परेकाहरुलाई घर भाडा छुट दिएका हुन् ।

धनकुटा उद्योग वाणिज्य संघको अगुवाइमा उनीहरुले ५ महिनासम्म घरभाडा छुट गर्ने भएका हुन् ।

धनकुटा हिले, सिधुवालगायतका बजारका घरधनीहरुले सटर, कोठा र घर भाडा छुट गरेको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्